Online Nepal बिहिबार, बैशाख ६ २०८१

कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, १:१ स्वाप रेसियो हुने

कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, १:१ स्वाप रेसियो हुने


मध्यान्तर
  • सोमबार, असोज १० २०७९

  • काठमाडौं । कुमारी बैंक र नेपाल एनसीसी बैंकबीच मर्जर सम्झौता भएको छ। सोमबार कुमारी बैंक र एनसीसी बैंकले १:१ स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका हुन्।

    सम्झौतामा कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले समझादारी पत्रमा हस्ताक्षर गरेका छन् । दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ।

    पुस मसान्तसम्म एकीकृत कारोबार भएको खण्डमा राष्ट्र बैंकको नीतिअनुसार अतिरिक्त सुविधा पाइनेछ।

     

    प्रतिक्रिया
    थप समाचार