Online Nepal बिहिबार, बैशाख १३ २०८१

सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय डिफ्युजन नोटिस जारी

सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय डिफ्युजन नोटिस जारी


मध्यान्तर
  • सोमबार, असोज १० २०७९

  •  काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

    नेपाल प्रहरीको अनुरोध अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

    डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ ।
    सन्दीपमाथि एक नाबालिक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्ने समेत पत्ता लगाउन सकेको छैन ।

    प्रतिक्रिया
    थप समाचार