Online Nepal मंगलबार, बैशाख ११ २०८१

सेयर बजारमा दोहोरो अंकको बृद्धि

सेयर बजारमा दोहोरो अंकको बृद्धि


मध्यान्तर
  • मंगलबार, असोज ११ २०७९

  • काठमाडौँ। साताको कारोबारको तेश्रो दिने मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १६ अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९२ अङ्कले उकालो लागेर १ हजार ८३१.०५ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५४ अङ्कले बढेर ३ सय ५८.१४ मा पुगेको छ । कूल २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता सेयर खरिद बिक्री हुँदा ६६ करोड ३० लाखमाथिको कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ। यसको आज २ करोड ८५ लाखभन्दा बढीको कारोबार भएको छ।

    यस्तै, कारोबार भएका १३ वटै उपसमूहमध्ये होटल तथा पर्यटन व्यवसायी र म्युचुअल फण्ड उपसमूह घटेको छ भने बाँकि सबै उपसमूह बढेको छ। आजको कारोबारमा सामुदायिक लघुवित्त र अभियान लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, गरिमा ऋणपत्र र एभरेष्ट बैंकका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

    प्रतिक्रिया
    थप समाचार