Online Nepal शनिबार, बैशाख ८ २०८१

विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन मनास्लुमा मृत फेला

विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन मनास्लुमा मृत फेला


मध्यान्तर
  • बुधबार, असोज १२ २०७९

  • काठमाडौं । मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।

    मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् ।

    उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ । हेलिकोप्टरमार्फत् उनलाई गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार