Online Nepal शुक्रबार, चैत्र १६ २०८०

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरीको लोभलाग्दो प्रस्तुति

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरीको लोभलाग्दो प्रस्तुति


मध्यान्तर
  • बुधबार, असोज १२ २०७९

  • गत मङ्गलबार राति प्रसारण भएको द भ्वाइसको अमेरिकी संस्करणको ुब्लाइन्ड अडिसनुमा पारिजिता बाँस्तोलाले आफ्ना दमदार प्रस्तुतिका कारण चारै जना कोचको कुर्सीहरू घुमाउन सफल भइन् ।

    उनले आफ्नो छनोटमा एक प्रशिक्षक छनोट गर्दा तीन कोच पनि ुईर्श्यालुु देखिए । अमेरिकामा भइरहेको द भ्वाइसको अडिसनमा नेपाली मूलकी १७ वर्षीया परिजिता बाँस्तोलाले द भ्वाइस विथ ल्याब्रिन्थको तिमोथी लि म्याकेन्जीको २०१६को चर्चित अंग्रेजी गीत ुजेयलसलु गाएकी थिइन् ।

    उनको प्रस्तुति जोन लेजेन्ड, रुकी कोच क्यामिला काबेलो, ग्वेन स्टेफानी र ब्लेक शेल्टनले अत्यन्तै रुचाए । ुयो मेरो मनपर्ने गीत थियो जुन अहिलेसम्म कसैले गाएको छ । तपाईंले निपूण तरिकाले गाउनुभयो,ु काबेलोले बाँस्तोलालाई भनिन् ।

    काबेलोले त्यसपछि स्टेफानीलाई औँल्याइन्, ुमलाई लाग्छ कि हामी दुवै एकै समयमा फर्किँयौं जब उनले त्यो एउटा पागल नोट छनोट गरिन् ।ु स्टेफानीले बाँस्तोलालाई यति प्राकृतिक र अद्वितीय आवाज भएकोमा प्रशंसा गरे‌ । ुद भोइसु २२औँ सिजनमा पुगेको छ । जुन १९ सेप्टेम्बरमा यसको प्रिमियर भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार