Online Nepal बिहिबार, बैशाख १३ २०८१

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च


मध्यान्तर
  • बिहिबार, असोज १३ २०७९

  • काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च दरम पुगेको छ । पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ। आज डलरको भाउले नयाँ उचाइ छोएको छ ।

    डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ।

    डलरको ग्राफ उकालो लाग्दै गर्दा हरेक दिन नेपाली रूपैयाँ कमजोर हुँदै गएको छ। नेपालमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदै गएको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलरको भाउ १३१ रुपैयाँ ४१ पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १३१ रुपैयाँ ४१ पैसा खर्च गर्नु पर्ने भएको छ ।

    बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २४ पैसा र बिक्रीदर १३० रुपैयाँ ८४ पैसा थियो।

    मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ ९बिक्रीदर० पुगेको थियो । त्यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको हो ।

    धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउँदा डलरको माग बढेको छ। यसले भाउ बढाएको हो।

     

    प्रतिक्रिया
    थप समाचार