Online Nepal मंगलबार, बैशाख ११ २०८१

सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार हो : मेयर शाह

सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार हो : मेयर शाह


मध्यान्तर
  • बिहिबार, असोज १३ २०७९

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् । बिहीबार एक विज्ञप्तिमार्फत शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा नभइ पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्ने जनाएका छन् ।

    सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ’, शाहको विज्ञप्तिमा भनिएको छ ।

    फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन तथा प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै शाहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने पनि स्पष्ट गरेका छन् ।

    फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन तथा प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै शाहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने पनि स्पष्ट गरेका छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार