Online Nepal बिहिबार, चैत्र १५ २०८०

गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न तीनजना पक्राउ

गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न तीनजना पक्राउ


मध्यान्तर
  • शुक्रबार, असोज १४ २०७९

  • काठमाडौ । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पर्साको वीरगन्जलगायत स्थानबाट तीनजना पक्राउ परेका छन् ।

    घटनामा संलग्न तीनजनालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनीहरूको पहिचान खुलाइएको छैन ।

    दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरेको थियो । उनी आफ्नो गाडीबाट ओर्लिएपछि हतियारधारीले लखेटेर गोली प्रहार गरेका थिए ।

    उनको हत्यामा भारतीय अपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार