Online Nepal बिहिबार, बैशाख १३ २०८१

सल्यानमा जीप दुर्घटना , दुई जनाको मृत्यु १७ जना घाइते

सल्यानमा जीप दुर्घटना , दुई जनाको मृत्यु १७ जना घाइते


मध्यान्तर
  • शनिबार, असोज १५ २०७९

  • काठमाडौं । सल्यानमा शनिबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

    रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर तल खसेको छ ।
    जीपमा चालक सहित सवार १९ जना थिए । दुई जनाको मृत्यू भएको र बाँकी घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ ।

    प्रतिक्रिया
    थप समाचार