Online Nepal बिहिबार, बैशाख १३ २०८१

दसैँमा ५५ अर्बको नयाँ नोट साटियो

दसैँमा ५५ अर्बको नयाँ नोट साटियो


मध्यान्तर
  • शनिबार, असोज १५ २०७९

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैँमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको हो ।

    नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।
    शुक्रबार  सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका सय रुपैयाँभन्दा साना दरका ९रु ५, १०, २०, ५० र रु १०० दरका० र ३९ अर्ब रुपैयाँ बराबर ठुला दरका ९रु ५०० र १००० दरका नोट सटही भएको उनको भनाई छ ।

     

    प्रतिक्रिया
    थप समाचार