Online Nepal शनिबार, बैशाख ८ २०८१

महिला प्रहरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी निरीक्षक पक्राउ

महिला प्रहरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी निरीक्षक पक्राउ


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । धादिङको खानिखोला स्थित इलाका प्रहरी कार्यलयका  प्रमुख प्रहरी निरीक्षक (इनेस्पेक्टर) अपूर्व ढुंगाना आफ्नै अंगरक्षक महिला प्रहरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्

    उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिप्रका धादिङको स्रोतले बताएको छ ।

    स्रोतका अनुसार आरोपित प्रहरी निरीक्षक ढुंगानालाई हतकडी लगाएरै जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार महिला प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुंगानाले जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेर छानबिन भइरहेको छ ।

    प्रहरी निरीक्षक ढुंगानाले ती महिला प्रहरीलाई आफ्नै सुरक्षागार्ड बनाएर राखेका थिए । पछिल्लो समय उनीहरुबीच विवाद हुने गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार