Online Nepal मंगलबार, बैशाख ११ २०८१

हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइयो

हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइयो


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । आइतबार गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् ।

    गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।

    नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार