Online Nepal शुक्रबार, चैत्र १६ २०८०

आफ्नै गीतबाट बेहुला बने गीतकार अनिल खनाल

आफ्नै गीतबाट बेहुला बने गीतकार अनिल खनाल

गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियोमा बेहुला बनेर सार्वजनिक भएका छन् ।


मध्यान्तर
  • शुक्रबार, जेष्ठ ३ २०७६

  • काठमाडौं – गीतकार अनिल खनाल यतिखेर आफ्नै गीतबाट बेहुला बनेका छन् । गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियोमा बेहुला बनेर सार्वजनिक भएका छन् । गीतमा तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको छ । गीतको संगीत संयोजन आशिष अबिरलको रहेको छ ।

    गीतको भिडियोमा गीतकार अनिल बेहुलाको भूमिकामा देखिएका छन् भने रमेश थापा, सरु गिरी र रुषा तामाङको अभिनय रहेको छ । भिडियोको छायांकन करन चौसिरले गरेका छन् । भिडियोका निर्देशक मौसम हिमाली हुन् । यस भिडियोको सम्पादन भने मनोज कार्की रहेका छन् । भिडियोलाई आशिष अबिरलको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार