Online Nepal बिहिबार, बैशाख १३ २०८१

११.३६ अंकले बढ्यो सेयर बजार

११.३६ अंकले बढ्यो सेयर बजार


मध्यान्तर
  • बुधबार, असोज २६ २०७९

  • काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज नेप्से ११.३६ अंकले बढेर १ हजार ८६६.५२ विन्दुमा पुगेको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको २० लाख ८५ हजार २८४ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोड १७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ। यसको आज २ करोड ४० लाखभन्दा बढीको कारोबार भएको छ।

    बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये व्यापार र म्युचुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा अभियान लघुवित्त र महुली लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, एभरेष्ट बैंक र एनएमबि हाइब्रिड फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार