Online Nepal बिहिबार, बैशाख ६ २०८१

सन्दीपविरुद्ध दोस्रोपटक पाँच दिन म्याद थप

सन्दीपविरुद्ध दोस्रोपटक पाँच दिन म्याद थप


मध्यान्तर
  • बिहिबार, असोज २७ २०७९

  • काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट बिहीबार दोस्रोपटक पाँच दिनको म्याद थप गरिएको छ । अदालतले यसअघि उनलाई सात दिन हिरासतमा राखेर अनुुसन्धान गर्न अनुमति दिएको थियो ।

    १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीप यही असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । २० गतेबाटै सो म्याद लागु भएको थियो ।

    प्रहरी वृत्त गौशालामा गएको भदौ २१ गते सन्दीपविरुद्ध जाहेरी परेको थियो । सन्दीपले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

    पीडितका आफन्तले दिएको जाहेरीमा सन्दीपले भदौ ५ गते राति काठमाडौंको एक होटेलमा नाबालिगमाथि पटक–पटक बलात्कार गरेको उल्लेख छ ।

     

    प्रतिक्रिया
    थप समाचार