Online Nepal बुधबार, बैशाख १२ २०८१

‘ससुराल सिमरका’की अभिनेत्री वैशाली टक्करले गरिन् आत्महत्या

‘ससुराल सिमरका’की अभिनेत्री वैशाली टक्करले गरिन् आत्महत्या


मध्यान्तर
  • आइतबार, असोज ३० २०७९

  • काठमाडौं । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् । पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ ।

    तर आत्महत्याको कारण चाहिं खुल्न सकेको छैन । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ उनी खुसी देखिन्थिन् ।चर्चित टीभी सिरिज ‘ए रिस्ता क्या कहलता हैं’बाट उनले अभिनय करिअर थालेकी थिइन् । अर्को चर्चित सिरियल ‘ससुराल सिमरका’मा उनले अभिनय गरेको अञ्जली भारद्वाज चरित्र हिट भएको थियो ।

    नेपालमा समेत उनको राम्रै फ्यान फलोइङ छ ।

    प्रतिक्रिया
    थप समाचार