Online Nepal शनिबार, बैशाख ८ २०८१

बालुवाटार–भाटभटेनी–नक्साल सडकमा बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

बालुवाटार–भाटभटेनी–नक्साल सडकमा बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह


मध्यान्तर
  • सोमबार, असोज ३१ २०७९

  • काठमाडौं । काठमाडौंका केही स्थानमा सवारी चाप रहेकाले ट्राफिक प्रहरीले बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । बालुवाटारबाट इटालियन एम्बेसी मोड, भाटभटेनी, छातागणेश, बालमन्दिर हुँदै नक्सालसम्मको रुटमा चल्ने सवारी साधनका चालकलाई केही समयका लागि बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो ।

    बिशेष कारणबस उक्त रुटमा चल्ने सवारी साधनका चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

    यसबाहेक जडिबुटी, कोटेश्वर हुँदै चल्ने सवारी साधन चोकमा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । काठमाडौं भित्रिने र बाहिरिने नाकाहरुको सवारी आवगमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार