Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सिटिजन लाइफ इन्स्योरेन्स पाचौँ वार्सिकोत्सव आजबाट सप्ताहव्यापी कार्यक्रम गरेर मनाइँदै

सिटिजन लाइफ इन्स्योरेन्स पाचौँ वार्सिकोत्सव आजबाट सप्ताहव्यापी कार्यक्रम गरेर मनाइँदै


मध्यान्तर
  • सोमबार, असोज ३१ २०७९

  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीआउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैेछ ।

    कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायत काकार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि २०७८ साल ,असोज ३१ गते देखी कार्तिक ६ गते सम्म सप्ताहव्यापी कार्यक्रम मार्फत सोही प्रकारका गतिविधीहरुलाई निरन्तरता दिइने जनाएको छ ।

    यती मात्र नभएर जन समुदायमा जीवनबीमा प्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक यार्‍ली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ । यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ ।

    त्यसैगरी विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ,निःशुल्क स्वास्थ्य सिविर, कम्पनीका विभिन्नआन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ ।
    कम्पनीका नियमित गरिनेकाम बाहेक कम्पनीको बिशेष दिन सम्पुर्ण कर्मचारि, अभिकर्ता साथीहरुको साथमा आफ्नो घर–छिमेक, समाजप्रतीको उत्तरदायित्व बोध गरी केहि योगदान गर्न पाउँदा विषेश सन्तुष्टी प्राप्त हुने साथै सधैँको भन्दा भिन्न वातावरणले आपसी सहकार्य स्फूर्ति पनि बढाउने कम्पनीको विश्वास छ । कम्पनीको प्रगती सँगसँगै कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने र समाज प्रतिको जिम्मेवारी पुरा गर्न सधैँ तयार रहने प्रतिवद्धता कम्पनीले जाहेर गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार