Online Nepal शुक्रबार, चैत्र १६ २०८०

सार्वजनिक सडक मिचेको आरोपमा गायिका बुनु उप्रेतीमाथि कुटपिट

सार्वजनिक सडक मिचेको आरोपमा गायिका बुनु उप्रेतीमाथि कुटपिट


मध्यान्तर
  • मंगलबार, कार्तिक १ २०७९

  • ललितपुर । ललितपुरको टिकाथलीमा गायिका बुनु उप्रेतीमाथि कुटपिट भएको छ । सार्वजनिक सडक मिचेको आरोपमा स्थानीयले उनलाई कुटपिट गरेका हुन् ।

    महालक्ष्मी नगरपालिका–६ स्थित टिकाथलीमा आफ्नो घर अगाडीको सडकमा गायिका उप्रेतीले गमला राखेकी थिइन् । सडक मिचेर गमला राखेको भन्दै स्थानीयले वडा र प्रहरी वृत सातदोवाटोमा निवेदन दिएका थिए । सो विषयमा विवाद हुँदा स्थानीयले उनलाई आक्रमण गरेका हुन् ।

    कुटपिट गर्नेहरु र पीडित गायिकाको बीचमा छलफल गराउने प्रयास गरिएपनि सोमबार उनी उपस्थित नभएको प्रहरी वृत सातदोवाटोका डिएसपी मदन केसीले रातोपाटीलाई बताए । उनले भने–‘अर्को पक्षले हामीकहाँ निवेदन दिएका छन्, पीडित पक्षलाई हामीले सम्पर्कमा आउन भनेका छौं ।’ गायिका उप्रेतीले गमला राख्न बाटोमा बनाएको संरचना वडा कार्यालयले भत्काएको स्थानीयहरु बताउँछन् ।

     

    प्रतिक्रिया
    थप समाचार