Online Nepal मंगलबार, जेष्ठ १ २०८१

तेस्रोपटक सन्दीपविरुद्ध चार दिन म्याद थप

तेस्रोपटक सन्दीपविरुद्ध चार दिन म्याद थप


मध्यान्तर
  • बुधबार, कार्तिक २ २०७९

  • काठमाडौं । प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धान गर्न तेस्रोपटक चार दिनको म्याद पाएको छ । बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न बुधबार जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

    सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिएको हो ।

    अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

    प्रहरी वृत्त, गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढाइएको छ ।
    एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

     

    प्रतिक्रिया
    थप समाचार