Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सिटिजन लाइफले दियो अशक्तता भए बापत १२ लाख दावी भुक्तानी

सिटिजन लाइफले दियो अशक्तता भए बापत १२ लाख दावी भुक्तानी


मध्यान्तर
  • शुक्रबार, कार्तिक ४ २०७९

  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बनेपा शाखाले कार्तिक बनेपा इस्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा भाद्र ९ गते देखि उपचार गर्दै रहेका सिदार्थ नगर वडा न ८ स्थायी घर रहेका अशोक पाण्डेलाई स्थायी पूर्ण असक्तता लाभ बापत १२ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको छ ।

    उनीस वैदेशिक रोजगारको लागी जाने क्रममा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । उनको जेष्ठ ९ गते दुबईमा हुदा मोटर साइकल दुर्घटनामा परि दुबै खुट्टामा चोट लागेर पुर्ण रुपमा असक्त भएका थिए ।
    दाबी भुक्तानी रकमबाट उनलाई उपचार गर्न सहज हुने साथै उनलाई आर्थिक सहयोग प्राप्त भएको बीमीतले बताए । बिहीबार दाबी भुक्तानीको कार्यक्रममा सिटिजन लाइफ बनेपा शाखा प्रमुख मच्छे नारायण श्रेष्ठ साथै बिडीसी श्रीराम ढुंगाना र बनेपा शाखाका सक्रिय एजेन्सीहरुको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार