Online Nepal बिहिबार, बैशाख १३ २०८१

ट्रकको ठक्करबाट बारामा एक जना मजदुरको मृत्यु

ट्रकको ठक्करबाट बारामा एक जना मजदुरको मृत्यु


मध्यान्तर
  • आइतबार, कार्तिक ६ २०७९

  • वीरगञ्ज । बारको सिमरामा ट्रकको ठक्कबाट एक जना मजदुरको मृत्यु भएको छ ।

    सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा-५ का ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

    उद्योगभित्र प्रवेश गर्ने क्रममा प्रदेश २ ख ३१६ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको थियो । प्रहरीले ट्रकको ठक्करबाट बेहोस भएका चौधरीलाई उद्धार गरेर वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि पठाएको थियो । अस्पतालका चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार