Online Nepal शुक्रबार, चैत्र १६ २०८०

टेलिकमले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिवल अफर’

टेलिकमले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिवल अफर’


मध्यान्तर
  • आइतबार, कार्तिक ६ २०७९

  • काठमाडौं ।  नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरू तिहार, छठ तथा म्हपुजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ।

    उक्त अफरहरु यी पर्वहरुका अवसरमा कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ।

    डाटा प्याक अन्तर्गत रु। २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु। ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ।

    त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ। यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ।

    यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ। रु। २०० देखि रु। ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु। ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार