Online Nepal मंगलबार, बैशाख ११ २०८१

ट्रकको ठक्करबाट मोटरसाइकल चालक सैनिक जवानको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालक सैनिक जवानको मृत्यु


मध्यान्तर
  • सोमबार, कार्तिक ७ २०७९

  • चितवन । चितवनको इच्छाकामना–४ रमाइलोडाँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालक नेपाली सेनाका जवानको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेकी एक किशोरी घाइते भएकी छन् ।

    नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट सैनिक जवान सर्लाही बागमती नगरपालिका–१० का २६ वर्षका सुनील महतोको मृत्यु भएको हो । उपचारको लागि भरतपुर ल्याउँदै गर्दा नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत महतोको बाटैमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार