Online Nepal बिहिबार, बैशाख ६ २०८१

मितेरी पुलमा ट्रकको ठक्करबाट भारतीय वृद्धको मृत्यु

मितेरी पुलमा ट्रकको ठक्करबाट भारतीय वृद्धको मृत्यु


मध्यान्तर
  • सोमबार, कार्तिक ७ २०७९

  • वीरगञ्ज । वीरगञ्ज नाकास्थित नेपाल भारत सीमामा सोमबार ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

    वीरगञ्ज रक्सौल नाकास्थित मितेरी पुलमा भारत घर भएका अन्दाजी ६० वर्षीय एक वृद्धको मृत्यु भएको हो ।मृत्यु हुनेमा भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला रक्सौल नगर परिषद वडा नम्बर १८ बस्ने विश्वनाथ साह रहेको भारतीय प्रहरीले जनाएको छ ।

    सोमबार दिउँसो भारतबाट नुन लिएर आउँदै गरेको ना ३ ख ९५९८ नम्बरको ट्रकले मितेरी पुलमा उनलाई ठक्कर दिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

    घटनास्थल भारतमै परेको र मृतक पनि भारतीय भएकाले शव भारतीय प्रहरीको जिम्मा लगाइको प्रहरीले जनाएको छ । ट्रक भारतीय प्रहरीले लगेको छ भने चालक फरार छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार