Online Nepal शनिबार, बैशाख ८ २०८१

रुपन्देहीमा छठघाट जाने क्रममा कारको ठक्करबाट तीनजनाको मृत्यु

रुपन्देहीमा छठघाट जाने क्रममा कारको ठक्करबाट तीनजनाको मृत्यु


मध्यान्तर
  • सोमबार, कार्तिक १४ २०७९

  • काठमाडौं । रुपन्देहीमा छठघाट जाने क्रममा कारको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो ।

    लु्म्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवरत्न पौडेलका अनुसार ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया किशोरी, २८ वर्षीया एक महिला र ३५ दिने शिशुको दुर्घटनामा मृत्यु भएको हो ।

    दुर्घटनामा दुईजना घाइते भएका छन् । कारको नम्बर खुलेको छैन । कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार