Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बिमा समिति आजदेखि बिमा प्राधिकरण

बिमा समिति आजदेखि बिमा प्राधिकरण


मध्यान्तर
  • मंगलबार, कार्तिक २२ २०७९

  • काठमाडौं । बिमा समिति आजदेखि बिमा प्राधिकरणमा रूपान्तरण भएको छ । बिमा ऐन, २०७९ कार्यान्वयनमा आएसँगै समितिका सम्पूर्ण काम–कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।

    गएको भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बिमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण गरिएको थियो ।
    राष्ट्रपतिबाट प्रमाणीकरण भएको एक महिनामा लागु हुने कानुनी प्रावधानानुसार बिमा ऐन आजदेखि लागु हुँदै छ । समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा हुँदै छ ।

    प्रतिक्रिया
    थप समाचार