Online Nepal बुधबार, बैशाख १२ २०८१

डेंगी संक्रमण घट्दै, नोभेम्बरपछि हट्ने आंकलन

डेंगी संक्रमण घट्दै, नोभेम्बरपछि हट्ने आंकलन


मध्यान्तर
  • मंगलबार, कार्तिक २२ २०७९

  • काठमाडौं । यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ५० हजार २६३ र मृतकको संख्या ५५ पुगेको छ ।

    अक्टोबरयाता देशभर डेंगी संक्रमितको संख्या ओरालो लागेको महाशाखाको तथ्यांकले देखाउँछ । सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएकोमा अक्टोबरमा यो संख्या १४ हजार ६४६ मा झरेको छ ।

    नोभेम्बरको पहिलो साता ३ हजार ४९५ जना संक्रमित थपिएको महाशाखाको तथ्यांक छ । काठमाडौं उपत्यकामा भने अब डेंगी संक्रमण नबढ्ने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। अनुप बास्तोला बताउँछन् । काठमाडौं उपत्यकामा तापक्रम घटेर चिसो बढ्दै गए पनि तराईका जिल्लामा भने लामुखट्टेका लागि अहिले अनुकूल तापक्रम हुने भएकाले ती जिल्लामा संक्रमण अझै केही साता रहने डा। बास्तोलाको भनाइ छ । २० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहँदासम्म एडिस लामखुट्टेका लागि बाँच्न र वृद्धि विकास हुन तापक्रम अनुकूल रहने उनको भनाइ छ ।

    प्रतिक्रिया
    थप समाचार