Online Nepal सोमबार, बैशाख १७ २०८१

आर्थिक वर्षको १० महिनामै लक्ष्य भन्दा पाँच प्रतिशत बढी राजस्व संकलन

आर्थिक वर्षको १० महिनामै लक्ष्य भन्दा पाँच प्रतिशत बढी राजस्व संकलन


मध्यान्तर
  • बिहिबार, जेष्ठ १६ २०७६

  • काठमाडौं । आन्तरिक राजस्व कार्यालय भक्तपुरले चालू आर्थिक वर्षको १० महिनामै वार्षिक लक्ष्यभन्दा पाँच प्रतिशत बढी राजस्व संकलन गरेको छ । वैशाख मसान्तसम्म कार्यालयले दुई अर्ब ६२ करोड ४२ लाख १४ हजार राजस्व संकलन गरेको प्रमुख कर अधिकृत सूर्य पोखरेलले बताए । कार्यालयको दुई अर्ब ४९ करोड ९७ लाख ६१ हजार रुपैयाँ वार्षिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

    सबैभन्दा बढी आयकर
    वैशाख मसान्तसम्म कार्यालयले सबैभन्दा बढी आयकर एक अर्ब २३ करोड ८९ लाख ९२ हजार संकलन गरेको छ । ब्याज कर १६ करोड ७५ लाख सात हजार, मूल्य अभिवृद्धि कर ७८ करोड ५९ लाख १४ हजार, घरबहाल कर चार करोड सात लाख १९ हजार, स्वास्थ्य सेवा कर ९६ लाख ५५ हजार र शिक्षा कर ५६ लाख ४७ हजार रुपैयाँ संकलन गरेको प्रमुख कर अधिकृत पोखरेलले जानकारी दिए ।

    पचास हजार करदाता
    जिल्लामा ५० हजारभन्दा बढी करदाता छन । कार्यालयमा अहिलेसम्म स्थायी लेखा, व्यक्तिगत स्थायी लेखा नम्बर, अन्तःशुल्क र मूल्यअभिवृद्धि गरी ५३ हजार एक सय २० वटा संस्था तथा व्यक्ति दर्ता भएका छन । त्यसमध्ये २१ हजार तीन सय ६२ वटा प्यान दर्ता भएका पोखरेलले बताए । मूल्य अभिवृद्धितर्फ पाँच हजार दुई सय २५, व्यक्तिगत स्थायी लेखा २५ हजार चार सय १८ र अन्तःशुल्कतर्फ एक हजार एक सय १५ वटा दर्ता भएका छन ।

    प्रतिक्रिया
    थप समाचार