Online Nepal बिहिबार, बैशाख ६ २०८१

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन


मध्यान्तर
  • शुक्रबार, कार्तिक २५ २०७९

  • काठमाडौँ। पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका हुन् ।

    उनी हाल साढे दुई वर्ष कैद भुत्तानी गर्ने तनहुँ कारागारमा छन् ।

    जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९ ९सीएस० ०३१२ रहेको छ ।

    नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ ।

    प्रतिक्रिया
    थप समाचार