Online Nepal शुक्रबार, चैत्र १६ २०८०

त्रिविका सबै क्याम्पसहरु मंसिर १ देखि ५ गतेसम्म बिदा हुने

त्रिविका सबै क्याम्पसहरु मंसिर १ देखि ५ गतेसम्म बिदा हुने


मध्यान्तर
  • शुक्रबार, कार्तिक २५ २०७९

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ ।

    त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ ।अधिकांश क्याम्पसरकार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पस र कार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।

    महाशाखा प्रमुख योगेन्द्र प्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरुमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस/कार्यलयहरुमा विदा दिने निर्णय भएको बताए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार