Online Nepal मंगलबार, जेष्ठ १ २०८१

नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने

नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने


मध्यान्तर
  • आइतबार, कार्तिक २७ २०७९

  • काठमाडौं । नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू-१९ महिला टि २० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ ।

    बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकको टुङ्गो लगाएको छ । मलेसिया र थाइल्याण्डले सन् २०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने भएका छन् । सन् २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने मौका पाएका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार