Online Nepal बिहिबार, बैशाख १३ २०८१

आइसीसी टि–२० विश्वकप क्रिकेटको उपाधि इङल्याण्डलाई

आइसीसी टि–२० विश्वकप क्रिकेटको उपाधि इङल्याण्डलाई


मध्यान्तर
  • आइतबार, कार्तिक २७ २०७९

  • काठमाडौँ । इङल्याण्डले १२ वर्षपछि आइसीसी टि–२० विश्वकपको उपाधि हासिल गरेको छ । पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इङल्याण्डले सन् २०१० को च्याम्पियन ईङल्याण्डले दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो।

    १३ वर्षपछि विश्वकपको फाइनलमा पुगेको पाकिस्तानको उपाधि उचाल्ने सपना तुहिएको छ।

    सन् २००९ पछि पहिलो पटक फाइनलमा पुगेको पाकिस्तान इङल्याण्डसँग पराजित भएसँगै दोस्रो पटक उपाधि उचाल्ने सपना अधुरै रहेको हो।

    त्यो बेला श्रीलंकालाई ८ विकेटले हराउँदै पाकिस्तानले पहिलो उपाधि उचालेको थियो। त्यसपछि पाकिस्तान फाइनलमा पुग्न सकेको थिएन।

    यसअघि सन् २००७ को पहिलो संस्करणमा पाकिस्तानको उपाधि होडमा भारत तगोरो बनेको थियो।

    इङल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले तथा पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको थियो। पाकिस्तान भने न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको थियो।

    आइतबार भएको खेलमा पाकिस्तानले दिएको १ सय ३८ रनको मध्यम लक्ष्य इङल्याण्डले बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।

    पाँचौ विकेटका लागि बेन स्टोक र मोइनल अलीले ।। रनको साझेदारी गरे। स्टोक र अली रनमा नटआउट रहे।

    इङल्याण्डका ओपनर जस बट्लर २६ रनमा पवेलियन फर्के। १७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का हाने। ह्यारी ब्रुक २० रनमा आउट भए। ओपनर एलेक्स हेल्स १ र फिल साल्ट १० रनमा आउट भए।

    पाकिस्तानका हरिस रउफले २ विकेट झारे। सहिन शा अफ्रिदी र सद्दाव खानले एक–एक विकेट झारे।

    पाकिस्तानका मोहम्मद वसिम महङगा सावित भए। उनले ३ ओभरमा ३१ रन खर्चे। नसिम शाहले आफ्नो स्पेलमा ३० रन दिदाँ एक विकेट झार्न सकेनन्।

    त्यसअघि मेलवर्न क्रिकेट मैदानमा इङल्याण्डले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार पारेको थियो।

     

    प्रतिक्रिया
    थप समाचार