Online Nepal मंगलबार, जेष्ठ १ २०८१

पर्यटन क्षेत्रमा लगानी गर्न,वैदेशिक लगानीकर्तालाई परराष्ट्रमन्त्री आह्वान

पर्यटन क्षेत्रमा लगानी गर्न,वैदेशिक लगानीकर्तालाई परराष्ट्रमन्त्री आह्वान


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १७ २०७६

  • काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।

    परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेको बताए । काठमाडौंमा शुक्रबारबाट सुरू भएको ‘एसिया रेसिलिइन्स समिट–२०१९’ को उद्घाटन गर्दै उनले नेपालको भूगोल, जैविक तथा सांस्कृतिक सम्पदाहरुको महत्व उजागर गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको उल्लेख गरे ।

    ज्ञवालीले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत तथा संरचनागत आधार सरकारले तयार पारेको दावी गरे । सो सम्मेलनले नेपालमा वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण योगदान दिने उनले बताए ।

    प्रतिक्रिया
    थप समाचार