Online Nepal बिहिबार, चैत्र १५ २०८०

अमेरिकाको भर्जेनिया विश्वविद्यालयमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु

अमेरिकाको भर्जेनिया विश्वविद्यालयमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु


मध्यान्तर
  • मंगलबार, कार्तिक २९ २०७९

  • काठमाडौं । अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ।

    भर्जेनिया विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ।

    विद्यार्थी सवार बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो।

    गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्।
    भर्जिनिया विश्वविद्यालय अमेरिकाको प्रतिष्ठित शैक्षिक संस्था मध्यमै पर्छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार