Online Nepal शुक्रबार, बैशाख ७ २०८१

ट्वीटरको कार्यालय अस्थायी रूपमा बन्द

ट्वीटरको कार्यालय अस्थायी रूपमा बन्द


मध्यान्तर
  • शुक्रबार, मंसिर २ २०७९

  • काठमाडौं । ट्वीटरले आफ्ना सबै कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गर्ने भएको छ । कम्पानीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्वीटरले कर्मचारीलाई गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    कार्यालय भवन नोभेम्बर २१ मा मात्रै खुल्ने उल्लेख कर्मचारीले पाएको सन्देशमा छ । तर कार्यालय बन्द गर्नुको कारण भने दिइएको छैन ।ट्वीटरका नयाँ मालिक इलन मस्कले लामो समय काम गर्नका लागि तयार रहन वा छोड्न आदेश दिएपछि ठूलो संख्यामा कर्मचारीले राजीनामा दिइरहेका बेला ट्वीटरले कार्यालय बन्द गरेको हो ।

    हालै मस्कले कर्मचारीहरुलाई लामो समय खटेर काम गर्न नसक्ने भए छोड्न भनेको खबर प्रकाशित भएको थियो ।

    मस्कले किनेदेखि ट्वीटर एक पछि अर्को विवादमा छ ।

    प्रतिक्रिया
    थप समाचार