Online Nepal शुक्रबार, बैशाख ७ २०८१

रामेछापमा भोट खसालेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु

रामेछापमा भोट खसालेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु


मध्यान्तर
  • आइतबार, मंसिर ४ २०७९

  • काठमाडौं । रामेछापको एक मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । लिखु तामाकोसी गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ठगबहादुर सुनुवारको मृत्यु भएको हो ।

    गाउँपालिकाका अध्यक्ष केशव महतका अनुसार भोट खसालेर मतदान स्थलबाट बाहिर निस्कने वित्तिकै उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको महतले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार