Online Nepal शुक्रबार, चैत्र १६ २०८०

बैतडीमा जिप दुर्घटना हुँदा ४ प्रहरीको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा ४ प्रहरीको मृत्यु


मध्यान्तर
  • सोमबार, मंसिर ५ २०७९

  • काठमाडौं । बैतडीमा जिप दुर्घटनामा परेर ४ प्रहरीको मृत्यु भएको   छ । बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोलामा से १ ज ८५४ नम्रबको जिप आइतबार राती दुर्घटनामा परेर ९ जना प्रहरी घाइते भएका छन् ।
    मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान रमेश साउद, प्रहरी जवान लोकबहादुर बाठा मगर र जवान झिर्कबहादुर विष्ट छन् । जिल्ला सदरमुकाममा मतपेटीका पुर्याएर फर्कदै गरेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    गम्भीर घाइते मध्ये दुई जनालाई उपचारका लागी नेपालगन्ज ल्याइएको छ । बैतडीको पाटन स्थित स्थानीय मेडिकलमा ७ जनाको उपचार हुँदै छ । सो जिपमा १३ जना सवार थिए ।

     

    प्रतिक्रिया
    थप समाचार