Online Nepal बिहिबार, चैत्र १५ २०८०

अर्जेन्टिनाविरुद्ध साउदीको २ गोल, दबाबमा मेसी

अर्जेन्टिनाविरुद्ध साउदीको २ गोल, दबाबमा मेसी


मध्यान्तर
  • मंगलबार, मंसिर ६ २०७९

  • काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलमा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध २ गोल गरेको छ ।

    दोस्रो हाफको ५३ मिनेटमा सलिम अलदावसरीले गोल गरेका हुन् ।

    यसअघि साउदीका लागि सलेह अलसेहरीले दोस्रो हाफको ४८औँ मिनेटमा गोल गरेका थिए।

    अल दयानस्थित लुसाइल स्टेडियममा खेलको पहिलो हाफमा अर्जेन्टिनाले १ गोल गरेको थियो ।

    खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गरेका थिए ।

    पाँच मिनेटको अन्तरमा २ गोल गरेसँगै अर्जेन्टिना २–१ ले पछि परेको छ ।
    खेल जारी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार