Online Nepal शुक्रबार, चैत्र १६ २०८०

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि


मध्यान्तर
  • बिहिबार, मंसिर ८ २०७९

  • काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ११.५६ अंक बढेर १९३३.५५ विन्दुमा पुगेको छ।

    तर नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३२ स्टकको १८ हजार ४९५ पटकको कारोबारमा ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको २५ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन घलेम्दी हाइड्रो र आरएमडिसी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन २।८९ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक नै शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब ७ करोडको शेयर खरिदबिक्री भएको छ।

     

    प्रतिक्रिया
    थप समाचार