Online Nepal बुधबार, जेष्ठ २ २०८१

अमेरिकी भिसा लिन अब नयाँ नियम लागु

अमेरिकी भिसा लिन अब नयाँ नियम लागु


मध्यान्तर
  • आइतबार, जेष्ठ १९ २०७६

  • काठमाडौं । अमेरिका जान चाहनेले अबदेखि सामाजिक सञ्जालको विवरण पेश गर्नु पर्ने भएको छ ।

    अमेरिकाको स्टेट डिपार्टमेन्टले एक सूचना जारी गरी अमेरिका जान चाहने सबैले आवेदनसँगै सामाजिक सञ्जालको विवरण पेश गर्नु पर्ने बताएको हो । योसँग आवेदनकर्ताले सामाजिक सञ्जालमा प्रयोग भएको नामसहित पाँच वर्षदेखि सञ्चालनमा रहेको इमेल आइडी र फोन नम्बर पेश गर्नु पर्नेछ ।

    यो प्रस्ताव सँगै अमेरिका जान चाहने वार्षिक करिब १ करोड ४७ लाख मानिस प्रभावित हुने अधिकारीहरुले बताएको बीबीसीले बताएको छ ।

    तर कुटनीतिक तथा सरकारी तवरमा जानेलाई भने यो नियम नलाग्ने अमेकिाको स्टेट डिर्पाटमेण्टले जनाएको छ ।

    यसरी, अबदेखि अमेरिका काम गर्न र विदेश पढ्न चाहनेले आफ्नो सम्पूर्ण सूचना बुझाउनु पर्ने देखिन्छ । यसभन्दा अघि आंतकवादबाट प्रभावित देशका जनतामात्र यस्तो सूचना दिनु पर्ने थियो ।

    प्रतिक्रिया
    थप समाचार