Online Nepal शुक्रबार, बैशाख ७ २०८१

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


मध्यान्तर
  • शुक्रबार, मंसिर १६ २०७९

  • काठमाडौं । फेरि भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको हो ।

    भारतबाट निरन्तर पेट्रोलियम पर्दाथको मूल्य घटेर आए पनि निगमले नेपाली बजारमा भने समायोजन गरेको छैन ।
    अझै पनि पेट्रोलमा ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजन नगरे पनि अझै मासिक २० करोड घाटा रहेको निगमको दाबी रहेको छ । पछिल्लो समय गत भदौ १६ गते भारतबाट मूल्य घटेर आए पनि निगमले घाटा मिलानको लागि भन्दै मूल्य समायोजन गरेको थिएन ।

    प्रतिक्रिया
    थप समाचार