Online Nepal बिहिबार, बैशाख १३ २०८१

अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश


मध्यान्तर
  • आइतबार, मंसिर १८ २०७९

  • काठमाडौं ।अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार  भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

    कतार स्थित अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन आल्भारेजले एक–एक गोल गरे । यता अष्ट्रेलियाका लागि कार्गी गुडोइनले एक गोल फर्काए ।
    मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि खेलको ५७औं मिनेटमा आल्भारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेकको ७७औं मिनेटमा अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न सकेन ।

    अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्टअष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न सकेन । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार