Online Nepal बुधबार, जेष्ठ २ २०८१

श्रीलंकामा ९ मुस्लिम मन्त्रीले दिए सामुहिक राजीनामा

श्रीलंकामा ९ मुस्लिम मन्त्रीले दिए सामुहिक राजीनामा


मध्यान्तर
  • मंगलबार, जेष्ठ २१ २०७६

  • काठमाडौं । श्रीलंकामा पछिल्लो समय मुस्लिम समुदायमाथिको फरक व्यवहार बढ्दै गएको छ । यहि घटनाक्रमको विकास हुँदै जाँदा सरकारमा रहेका सबै ९ जना मुसलमान मन्त्रीले राजीनामा दिएका छन् । यस्तै दुई प्रान्तका मुसलमान गभर्नरले पनि राजीनामा दिएका छन् ।

    यो घटनापछि बौद्ध धर्मावलम्बी बाहुल्य रहेको श्रीलंकामा गएको अप्रिल २१ मा इस्टरका दिन राजधानी कोलम्बोमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा भएको आक्रमणपछि श्रीलंकामा आन्तरिक मतभेद बढेको पुष्टि भएको बताइन्छ । इस्टरका दिन भएको आक्रमणमा २५० जनाको ज्यान गएको थियो । श्रीलंकाका प्रभावशाली बौद्ध सन्यासी अथुरालिये रतनाले मुसलमानको विरोधमा आमरण अनशन गरेपछि मन्त्रीहरुले राजीनामा दिएका हुन् । रतनाले दुई प्रान्तका मुस्लिम गभर्नर र एक मन्त्रीले राजीनामा दिनु पर्ने माग गर्दै अनशन सुरु गरेका थिए ।

    उनले राष्ट्रपतिसँग मन्त्रीहरुलाई हटाउन माग गरिरहेका थिए । मन्त्री तथा गभर्नरहरुको आत्मघाती आक्रमणकारीसँग सम्बन्ध रहेको आरोप रतनाले लगाएका छन् । रतनाले अरु आठ मुस्लिम मन्त्रीलाई निशाना बनाएका थिएनन् । तर रतनाले आरोप लगाएका मन्त्रीलाई अरु आठ मन्त्रीले साथ दिएका हुन् । मन्त्रीहरुको राजीनामाले सरकारलाई असर भने पर्ने छैन किनकी उनीहरुले सांसदका रुपमा सरकारकै साथमा छन् ।

    आरोपका सम्बन्धमा छानबिन गर्न सजिलो होस् भन्नका लागि मन्त्रीहरुले राजीनामा दिएको मुस्लिम कांग्रेसका सांसद राउफ हाकीमले बताएको बिबिसीले उल्लेख गरेको छ । श्रीलंकामा अहिले मस्लिम विरोधी अभियान चलेको र आरोपहरु लाग्ने क्रम रहेको उनले बताएका छन् । त्यसबाट मुक्त हुनका लागि राजीनामा आएको उनीहरुको भनाई छ ।

    इस्टरका दिन भएको आक्रमणपछि मुसलमानका पसल तथा घरहरुमा तोडफोड हुुने क्रम सुरु भएको थियो । राजीनामाको घटनापछि हिन्दु सांसदहरु पनि मुस्लिम सांसदको समर्थनमा आएका छन् ।

    प्रतिक्रिया
    थप समाचार