Online Nepal शुक्रबार, चैत्र १६ २०८०

नेशनल लाइफको ३४औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश सहितको एजेण्डा पारित

नेशनल लाइफको ३४औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश सहितको एजेण्डा पारित


मध्यान्तर
  • आइतबार, मंसिर १८ २०७९

  • काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा केन्द्रिय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । सभामा कम्पनीले लाभांश सहितका प्रस्तावहरु पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारिश्रमिक पारित गरेको छ ।

    कम्पनीले गत भदौ २७ गते आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव पनि अनुमोदन गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ । यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने भएको हो । कम्पनीले कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अनुमोदन भएको छ ।

    प्रस्तावित बोनश शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

    कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको थियो। त्यसकारण मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

    आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७/०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार