Online Nepal बिहिबार, बैशाख १३ २०८१

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते


मध्यान्तर
  • आइतबार, मंसिर १८ २०७९

  • काठमाडौं  । सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका (८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

    जिपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ । घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप शनिबार राति ८ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार