Online Nepal बिहिबार, बैशाख १३ २०८१

भारतका दुई चिकित्सा अध्ययन संस्थान कालोसूचीमा

भारतका दुई चिकित्सा अध्ययन संस्थान कालोसूचीमा


मध्यान्तर
  • आइतबार, मंसिर १८ २०७९

  • काठमाडौं । नेपाल फार्मेसी परिषद्ले भारतका दुई चिकित्सा अध्ययन संस्थानलाई कालोसूचीमा राखेको छ।

    कालोसूचीमा पर्ने संस्थानमा भारत हिमाञ्चल प्रदेशको आईईसी विश्वविद्यालय र ओढिसाको गजपति कलेज अफ फार्मेसी रहेका छन्।जसअनुसार अब यहाँ अध्ययन गरेकाहरूको शैक्षिक योग्यता मान्य हुने छैन।

    यसैगरी शहीद स्मारक जनस्वास्थ्य कलेज, काठमाडौं, मोडल कलेज अफ टेक एजुकेशन, वीरगञ्ज र चितवन मेडिकल कलेजलाई पनि परिषद्ले सीटीईभीटीको सम्बन्धनपश्चात् परिषद्बाट निरीक्षण गरिएको भए सोको प्रतिवेदन, मान्यता प्राप्त गरेको भए सो प्रतिलिपि परिषद्को कार्यालयमा बुझाउन निर्देशन दिइएको छ।

    आवश्यक कागजपत्र प्राप्त नभए त्यहाँ अध्ययनरत विद्यार्थीलाई परिषद् नाम दर्ता परीक्षामा सामेल गराउन परिषद् बाध्य नहुने पनि जानकारी दिइएको छ।

    प्रतिक्रिया
    थप समाचार