Online Nepal शुक्रबार, बैशाख ७ २०८१

टेलिकमले कार्डबाट रिचार्ज गरे १० जीबीसम्म सित्तैमा डेटा दिने

टेलिकमले कार्डबाट रिचार्ज गरे १० जीबीसम्म सित्तैमा डेटा दिने


मध्यान्तर
  • सोमबार, मंसिर १९ २०७९

  • काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ।

    ग्राहकले २ सय, ५ सय र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो।

    यसअनुसार २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ जीबी डेटा पाइनेछ भने ५ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यसैगरी १ हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ।

    यो अफर भोलि ९२०७९ मंसिर २०० देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

    यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ।

     

    प्रतिक्रिया
    थप समाचार