Online Nepal मंगलबार, जेष्ठ १ २०८१

ब्राजिललाई ठूलो झड्का, नेयमारले कोपा अमेरिका नखेल्ने

ब्राजिललाई ठूलो झड्का, नेयमारले कोपा अमेरिका नखेल्ने


मध्यान्तर
  • बिहिबार, जेष्ठ २३ २०७६

  • काठमाडौं । कोपा अमेरिका सुरु हुन केही समय बाँकी रहँदा ब्राजिललाई ठूलो झड्का लागेको छ । ब्राजिली स्टार खेलाडी नेयमारले कोपा अमेरिका नखेल्ने भएका छन् ।

    ब्राजिल फुटबलको सर्वाेच्च निकाय ब्राजिली फुटबल महासंघले चोटका कारण नेयमार कोपा अमेरिका नखेल्ने पक्का भएको बताएको अंग्रेजी पत्रिका मिररले लेखेको छ । नेयमार बिहिबार बिहान कतारविरुद्वको मैत्रीपूर्ण खेलमा घाइते भएका थिए ।

    २१ औँ मिनेटमा घाइते भएका नेयमार खेल्न नसक्ने भएर मैदान बाहिर गएका थिए । योसँगै ब्राजिललाई कोपा अमेरिकामा ठूलो धक्का पुगेको छ । नेयमारको दाहिने खुट्टाको लिगामेन्ट भाँचिएको चिकित्सकले बताएका छन् । ब्राजिलले मैत्रीपूर्ण खेलमा कतारलाई २–० ले हराएको थियो ।

    प्रतिक्रिया
    थप समाचार