Online Nepal शुक्रबार, बैशाख ७ २०८१

फ्रान्स र अर्जेन्टिनाबीच फिफा विश्वकपको आज फाइनल खेल हुँदै

फ्रान्स र अर्जेन्टिनाबीच फिफा विश्वकपको आज फाइनल खेल हुँदै


मध्यान्तर
  • आइतबार, पुष ३ २०७९

  • काठमाडौं । कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आज हुँदैछ  । उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ ।

    कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । यो रंगशालाको दर्शक क्षमता करिब ८९ हजार छ । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।
    फाइनल प्रवेशका क्रममा फ्रान्सले मोरक्कोलाई २-० ले र अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गरेका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार